असाेज ९ गते २०८०
08:42: AM
असाेज ९ गते २०८०
08:42: AM

साफ च्याम्पियनसिप असारमा गर्ने प्रस्ताव

माघ ७ गते २०७९
8:37 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान, बङ्लादेशमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आउँदो असारमा गर्न प्रस्ताव गरिएको छ ।दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले प्रतियोगिता असार ५ गतेदेखि १८ गतेसम्म गर्न प्रस्ताव गरेको हो ।साफको प्रस्तावमा छलफल चलिरहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिएका छन् । १४औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालसहित ७ देशको सहभागिता हुनेछ ।माल्दिभ्समा भएको अघिल्लो संस्करणमा भुटान र पाकिस्तान सहभागी थिएनन् । १३औँ साफ च्याम्पियनसिपमा भारत विजेता र नेपाल उपविजेता बनेको थियो।

रिप्लाई गर्नुहोस