समय : ०८:३७ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा तेह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताः उद्घाटन गर्न मन्त्रि थापा आउने

सन्तोष सुनार | माघ २४ गते २०८०

प्यूठान । प्युठानमा अन्तर पाालिका स्तरीय तेर्हाै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगीता यही माघ २५ गते देखि २७ गते सम्म हुने जिल्ला खेलकुद बिकास समिति प्युठानका उपाध्यक्ष विमल प्रसाद पोख्रेलले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

पोख्रेलका अनुसार तेह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी तिब्र रहेको समेत बताए । उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सरकारका श्रम रोजगार उद्योग तथा यातायात व्यवस्थापन मन्त्री सरोज थापा (रोज राणा )र प्रदेश खेलकुद परिसद, लुम्बिनीका सदस्य सचिब जय प्रकाश भट्टराई आउने जिल्ला खेलकुद बिकास समिति प्युठानले जनाएको छ ।


खेलमा जिल्लाका नौ वटा पालिकाले भाग लिनेछन । प्रतियोगीतामा कराते ,तेक्वान्दो खेल पुण्यखोला कभर हलमा हुनेछ भने बाकि कपर्दि भलिबल र एट्लेक्थिस बिधाका खेलहरु गणतान्त्रिक खेल मैदान बिजुवारमा हुने छ ।
कार्यक्रमको उद्घाटन माघ २५ गते दिउसो एक बजे हुनेछ उद्घाटन हुनु अगाडि विभिन्न खेल संचालन हुने भएकाले पालिकाहरुले बिहान आठ बजे खेलाडी खेल मैदानमा ल्याउनु पर्ने पोख्रेलले बताए । खेल संचालनका लागि आबश्यक पर्ने सबै ब्यबस्थापन गरिसकेकोे छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page