समय : ०९:०७ am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रपति रनिङ शिल्डको उपाधि मुक्ति माविलाई

सन्तोष सुनार | माघ २१ गते २०८०

प्युठान।प्युठान नगरपालिकास्तरीय चौथो  राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्ति माविले  जितेको छ । आईतबार बिजुवारमा सम्पन्न प्रतियोगितामा २५ स्वर्ण पदकसहित  मुक्ति  माविले उपाधि जितेको हो ।

विभिन्न १४ विद्यालयले पाँच विधामा सञ्चालन भएको प्रतियोगितामा २४ वटा खेल समावेश गरिएको थियो।प्रतियोगितामा १४ स्वर्ण पदकसहित वडा नम्बर ८ बाग्दुलास्थित जनता मावि दोस्रो भएको छ,भने ७ स्वर्णपदकसहित वडा नम्बर ९ मरन्ठानास्थित वालविद्या मावी तेस्रो भएका छन् ।माघ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा नतिजाका निम्ति ५४ स्वर्णमा प्रतियोगिता गराएको पालिकाले जनाएको छ।

अन्तर मावि स्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनौट परेका विद्यार्थीले जिल्ला स्तरीय  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने पाउने छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page