समय : ०६:१० am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानमा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन

सन्तोष सुनार | माघ २५ गते २०८०

प्यूठान । प्यूठानमा १३ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन गरिएको छ ।

“स्वस्थ्यको लागी खेलकुद , राष्ट्रको लागी खेलकुद , सबैको लागी खेलकुद” मुल नाराको साथ जिल्लाको प्यूठान नगरपालिका विजुवार स्थित गणतान्त्रिक खेलकुद मैदानमा विहिवार देखी सञ्चालन गरिएको जिल्ला खेलकुद विकास प्यूठानका उपाध्यक्ष विमल प्रसाद पोख्रेलले जानकारी दिए ।

खेलको उद्घाटन लुम्बिनी प्रदेशका श्रम रोजगार उद्योग तथा यातायात व्यवस्था मन्त्रि सरोज थापा (रोज राणा) ले गरेका हुन । कार्यक्रममा मन्त्रि थापाले प्यूठानमा खेलकुदको व्यवस्थापन कम्जोर रहेको यसलाई व्यवस्थापनमा सुदृढ गर्नुपर्ने आवश्यक रहेको गुनासो गरेका थिए । यदि कुनै कार्यको आयोजना गर्दा विस्तृत रुपमा ज्ञान लिएर गर्दा उपयुक्त हुने र थाहा नभएको कुराहरुमा सबैसँग समन्वय गरेर जादा राम्रो हुने बताएका थिए । जिल्ला स्तरीय खेलकुद भन्दा पालिकाले राखेको खेल धेरै राम्रो रहेको समेत भनाई राखेका थिए । प्यूठानमा खेलकुदको व्यवस्थापनमा खेलकुद मन्त्रालयमा पहल गर्ने समेत उनले धाराणा राखेका थिए ।

त्यस्तै खेलकुद कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीले खेलकुदलाई व्यवहारीक र व्यवसायको रुपमा लिएर अगाडी बढेमा आयम आर्जन गर्न सकिने बताएका थिए । खेलकुदले देशको विकास र गरिमामयँ बढाउने एक विधा भएको बताउदै खेलाडीहरुले जसरी मिहिनत गरेर लागी रहनु भएको छ त्यसलाई मध्यनजर गरेर प्रेत्यक स्थानीय तहले पनि खेलकुद क्षेत्रमा बजेट बिनोजन गरी खेलकुदको विकास गर्नुपर्दछ भन्ने विचार व्यक्त गरेका थिए । खेलकुदको लागी प्यूठान नगरपालिकामा रहेको गणतान्त्रि खेलकुद मैदानलाई व्यवसस्थित र सुदृढ बनाउन सहयोग गर्न लुम्बिनी प्रदेशका श्रम रोजगार तथा उद्योग यातायात व्यवस्था मन्त्रि सरोज थापा (रोज राणा) लाई आग्रह समेत गरेका थिए ।

खेलहरु पाचँ विधामा खेलाइने आयोजकले जनाएको छ । भलिबल , एथलेटिक्स कराते , टेकान्डो र कवडी रहेका छन। जिल्ला खेलकुद विकास प्यूठानका अध्यक्ष हुमलाल नेपालीको अध्यक्षतामा सञ्चालन गरीएको खेलकुद प्रतियोगीतमा जिल्लामा रहेका नौ वटै पालिकाका विद्यालयहरुको सहभागीता रहेको छ । खेलकुद प्रतियोगीता २७ गते सम्म सञ्चालन हुने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page