समय : १२:१२ pm | शनिबार , श्रावण १२ गते २०८१

नौवहिनीमा अध्यक्ष कप संचालन हुँदै

स्वर्गद्वारी अपडेट | मंसिर १९ गते २०८०

प्युठान।नौवहिनी गाउँपालिकामा लुम्बिनी प्रदेश स्तरिय अन्तर स्थानीय तह पुरुष भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।

गाउँपालिकाको आ व २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रथम अध्यक्ष कप संचालन हुने गाउँपालिकाले जनाएको छ। जसमा सर्वोत्कृष्ट खेलाडीले उत्कृष्ट विधाहरु अन्तर्गत बेष्ट स्पाइकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही ५ हजार रुपैयाँ ,ट्रफि र मेडल प्रदान गरिने छ ।

प्रतियोगिताको विजेताले प्रथम पुरस्कार नगद १ लाख ५० हजार रुपैयाँ ट्रफी,मेडल र प्रमाण पत्र  प्राप्त गर्नेछ।द्वितिय पुरस्कार १ लाख रुपैयाँ र तृतीय पुरस्कार ७५हजार पाउनेछ।विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ।भलिवल प्रतियोगिता यही पौष १ गतेदेखि ३ गतेसम्म हुनेछ ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका स्थानीय तहहरुले टिममा सहभागिता हुन सक्नेछन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page