समय : ०४:०७ pm | सोमबार , भाद्र २२ गते २०८३

दाङमा बच्चाको सुनको मुन्द्रा चोर्ने प्युठानका पक्राउ  

स्वर्गद्वारी अपडेट | भाद्र २२ गते २०८३

प्युठान। दाङमा बच्चाको कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्ने तथा विभिन्न चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ १४ गते घोराही उपमहानगरपालिका–१५ स्थित प्रकृतिनगर स्थित ६ बर्षको रियोग बुढा मगर घर नजिकै खेल्दै गरेको अवस्थामा कानमा लगाएको सुनको मुन्द्रा चोरी भएपछि अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा प्यूठान मल्लरानी गाउँपालिका–४ घर भई हाल दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २२ वर्षीय सन्देश श्रेष्ठ, घोराही–१५ बस्ने २३ वर्षीय कुर्सिद अली सिद्दिकी, २३ वर्षीय प्रतिम आदक, २६ वर्षीय सुशाङ्क चन्द, २२ वर्षीय रोहन हमाल, २२ वर्षीय सुन्दर बुढा, ३३ वर्षीय तिलक घर्ती मगर, ६६ वर्षीय गुणरत्न शाक्य, २८ वर्षीय सम्राट एन.बी., १९ वर्षीय राजु पुन मगर, १८ वर्षीय रामु पुन मगर र १८ वर्षीय पवन भण्डारी रहेका छन्। प्रहरीले उनीहरूको साथबाट विभिन्न सुनचाँदीका सामानसमेत बरामद गरेको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीले चोरीका सामान खरिद–बिक्रीमा संलग्न व्यक्तिहरूलाई समेत पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो पनि पढ्नुहोस्