समय : १२:५३ pm | शुक्रबार , श्रावण २९ गते २०८३

चट्याङ लागेर मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण २९ गते २०८३

रोल्पा। रोल्पाको लुङ्ग्री गाउँपालिका–१ खद्दरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–१ खद्दर निवासी ५९ वर्षीय वीरबहादुर खत्री रहेका छन्। प्रहरीका अनुसार बुधबार राति करिब ८ः३० बजे आफ्नै घरमा बसिरहेको अवस्थामा उनलाई एक्कासि चट्याङ लागेको थियो।

चट्याङ लागेर घाइते भएका खत्रीलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पाङ लगिएको थियो। उपचारकै क्रममा राति करिब ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले जनाए ।

यो पनि पढ्नुहोस्