असाेज ९ गते २०८०
08:06: AM
असाेज ९ गते २०८०
08:06: AM

नेपाल टी–२० क्रिकेट लिग : जनकपुर र पोखरा तथा काठमाण्डौ र फार वेस्ट खेल्दै

पौष २१ गते २०७९
8:53 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान, नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा जनकपुर रोयल्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।जनकपुर आठ खेलमा १० अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ । समान खेलमा ६ अङ्कसहित पोखरा चौथो स्थानमा छ ।आजको दोस्रो खेलमा काठमाण्डौ नाइट्स र फार वेस्ट युनाइटेड दिउँसो १ बजे खेल्दैछन् । आठ खेलमा ८ अङ्ककासाथ काठमाण्डौ तालिकाको तेस्रो स्थानमा र सात खेलमा २ अङ्कका साथ फार वेस्ट तालिकाको पुछारमा छ ।नेपाल टी–२० लिगमा ६ टोली सहभागी छन् । यी खेल कीर्तिपुर मैदानमा हुँदै आएका छन् ।

रिप्लाई गर्नुहोस