मंसिर १२ गते २०८०
06:10: PM
मंसिर १२ गते २०८०
06:10: PM

रमन र अस्मिताको स्वरमा ‘परानी’ बजारमा सार्वजनिक

पौष ७ गते २०७९
5:43 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
काठमाडौं । भोजपुर घरभई ललितपुर बसोबास गर्दै आएका गायक रमन रायमाझी र झापा घर भई काठमाडौंमा बस्दै आएकी गायिका अस्मिता अधिकारीद्धारा स्वरबद्ध गीत 'परानी' बजारमा सार्वजनिक गरिएको छ । नरेश खातीको संगीत र शब्द रहेको ‘परानी’ गीतको म्युजिक भिडियो रिलिज गरिएको हो ।संगीतकार खातीले सोमबार ‘परानी’ लाई मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका हुन् । ‘परानी’को एरेञ्ज र मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।सुनिल क्षेत्रीको निर्देशन रहेको म्युजिक भिडियोमा मेक्सम खाती र वर्षा सिवाकोटीको अभिनय रहेको छ । संगीतकार नरेश र मोडलको रुपमा देखिएका गायक मेक्समले धेरै वटा सफल गीतहरू दिएका छन् भने आधा दर्जन गीत करोड क्लबमा छन् । बाबा सुपर म्यान, मेरो छोरा, माया मारेर, तिम्रै मायाले, हैन होला र, तिम्रै रुपैको जादु लगायतका गीत उनीहरुका सर्वाधिक चर्चित छन् ।यता गायक रमन रायमाझीको पनि यस अघि पनि बिभिन्न भाकाका गीतहरु सार्वजनिक भईसकेका छन् । उता गायिका अस्मिता अधिकारीले पनि थुप्रै चर्चित गीतहरुमा स्वर दिइसकेकी छिन् । चर्चित अभिनेत्री बर्षा शिवाकोटीले भने थुप्रै चलचित्र, म्युजिक भिडियो आदिमा सफल अभिनय तथा मोडलिङ्ग गरिसकेकी छिन् ।हाल युट्युव, टिकटक लगायतका सञ्जालहरुमा यो भिडियोले चर्चा बटुलिरहेको छ । परानी बोलको गीतले छोटो समयमा राम्रै चर्चा बटुल्नेमा गायक रमन रायमाझी बिश्वस्त छन् ।PARANI परानी || Ashmita Adhikari | Raman Rayamajhi Ft Meksam Khati | Barsha Siwakoti New Nepali Song - YouTube

रिप्लाई गर्नुहोस

You cannot copy content of this page