प्युठान।चैत्र २९ गते देखि सुरु भएको प्रथम प्युठान माण्डवी कृषि पर्यटन ब्यापार तथा साँस्कृतिक महोत्सवमा मंगलबार चर्चित लोक तथा दोहोरी गायक रामजी खाँड ठकुरीको प्रस्तुति रहनेछ।महोत्सवमा रामजी खाँड सँगै ,गायिका जानकी तारामी मगर,डान्सर नारायणी खत्री, र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने साँस्कृतिक महोत्सवका संयोजक ईमान बिस्टले जानकारी दिए।
'कृषि पर्यटन साँस्कृतिक र ब्यापार समुन्नत प्युठान माण्डवी आर्थिक विकासको मूल आधार' नारा सहितको प्रथम प्युठान माण्डवी कृषि पर्यटन ब्यापार तथा साँस्कृतिक महोत्सव संचालन गरिएको हो।२०८० चैत्र २९ देखि सुरु भएको वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।