समय : ०५:४६ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवी महोत्सवमा शनिबार पल शाह आउदै

सन्तोष सुनार | वैशाख ६ गते २०८१

प्युठान।चैत्र २९ गते देखि सुरु भएको प्रथम प्युठान माण्डवी कृषि पर्यटन ब्यापार तथा साँस्कृतिक महोत्सवमा शनिबार चर्चित नायक पहल शाहको प्रस्तुति हुने भएको छ ।

महोत्सवमा पल शाह सँगै, गायिका ज्योति मगर, गायक रबि कार्की र  उद्घोषिका वर्षा पाण्डेय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने साँस्कृतिक महोत्सवका संयोजक ईमान बिस्टले जानकारी दिए।

'कृषि पर्यटन साँस्कृतिक र ब्यापार समुन्नत प्युठान माण्डवी आर्थिक विकासको मूल आधार' नारा सहितको प्रथम प्युठान माण्डवी कृषि पर्यटन ब्यापार तथा साँस्कृतिक महोत्सव संचालन गरिएको हो।२०८० चैत्र २९ देखि सुरु भएको वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page