समय : १२:०८ pm | शनिबार , श्रावण १२ गते २०८१

बाल मनोविज्ञानमा आधारित चलचित्र “किबोर्ड” सार्वजनिक

स्वर्गद्वारी अपडेट | माघ १३ गते २०८०

प्युठान।बाल मनोविज्ञानमा आधारित रहेर निर्माण गरिएको चलचित्र  ‘किबोर्ड’ सार्वजनिक गरिएको छ।राजधानीमा शुक्रबार एक कार्यक्रमबीच फिल्म युनिटले सार्वजनिक गरेको हो।


प्यूठानका युवा व्यवसायी सन्देश आचार्यको निर्माणमा बनेको चलचित्रमा आचार्य गोपालको निर्देशन,बाल साहित्यकार विजयराज आचार्यको लेखन रहेको लघु चलचित्र २५ मिनेटको रहेको छ।

कार्यक्रमको प्रमुख अथितिको रुपमा प्रतिनिधिसभा सदस्य सूर्य थापाको उपस्थिति रहेको थियो।पश्चिमा संस्कृतिको प्रभावले बाल मनोविज्ञानमा पार्ने असरलाई चलचित्रमा प्रस्तुत गर्न खोजिएको छ।

चलचित्र निर्माता आचार्यले भने –"लघु चलचित्र विशेष गरेर ती अभिभावकका लागि हो जसका छोराछोरी अरु भन्दा भिन्नै स्वभाव र क्षमताका छन्।"उनीहरुको प्रोत्साहन र सम्पूर्ण आभिभावकलाई ज्ञान होस भन्ने उदेश्यले तयार गरिएको बताए।

त्यसैगरी बाल साहित्यकार विजयराज आचार्यको बाल कथा संग्रह स्वर्गमा मोवाईलको समेत विमोचन गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page