मंसिर १२ गते २०८०
07:42: PM
मंसिर १२ गते २०८०
07:42: PM

विश्वकप फुटबलमा पोर्चुगलका रामोसको ह्याट्रिक

मंसिर २१ गते २०७९
7:49 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान,  स्विट्जरल्याण्डलाई फराकिलो गोलले हराउँदै पोर्चुगल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।आज बिहान भएको खेलको कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको पोर्चुगलले स्विट्जरल्याण्डलाई ६–१ गोलले हरायो । पोर्चुगलका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक गरे । २१ वर्षीय रामोसले खेलको पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरे ।उनी कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । पोर्चुगलका लागि उनको यो पहिलो ह्याट्रिक हो । त्यस्तै पाेर्चुगलका राफाएल गुरेरो, राफाएल लिआओ र पेपेले १/१ गोल थपे । स्विट्जरल्याण्डका म्यानुएल अकान्जीले एक गोल फर्काए । यस्तै गएराति भएको खेलमा मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३–० गोलले पराजित गर्‍याे ।निर्धारित ९० मिनेट र थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा स्पेनका कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । विश्वकप फुटबलमा अन्तिम–१६ का खेल सकिएका छन् । अब क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को, ब्राजिल र दक्षिण कोरिया, अर्जेन्टिना र नेदरल्यान्ड्स तथा इंग्ल्यान्ड र फ्रान्स खेल्ने भएका छन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page