स्वर्गद्धारी अपडेट,प्यूठान । दाङमा आफ्नै ड्राइभिङ सेन्टरमा काम गर्ने युवतीमाथि बलात्कार प्रयास गरेको भन्दै सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय बालाराम डाँगी रहेको प्रहरीले बताएको छ ।उनलाई ईलाका प्रहरी कार्यालय तुलसीपरले सोमबार पक्राउ गरेको हो । पक्राउ परेका डाँगीले आफ्नै ड्राइभिङ सेन्टरमा काम गर्ने युवतिलाई सोमबार राति साढे १२ बजे कार्यालय ईमरजेन्सी फर्म भर्नु पर्ने छ, आज अन्तिम म्याड हो भनि बोलाएका थिए ।डाँगीको श्रीमति पनि कार्यालयमै भएको भनि डाँगीले भनेपछि उनी सहजै कार्यालय आईन् । राति १ बजेतिर फर्किने क्रममा भ¥याङमा समाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका पूहरी निरिक्षक बखत बहादुर शाहीले बताए । साथी पनि संगै भएकाले ति युवती उम्किन सफल भएकी थिइन् । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।