समय : ०७:५७ pm | शुक्रबार , मंसिर २१ गते २०८१

कपिलवस्तुमा बस दुर्घटना १० जनाको ज्यान गयो, ४० जना घाइते

स्वर्गद्वारी अपडेट | फागुन ३ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।काठमाण्डौ ( कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । ४० जना घाइते भएका छन् ।कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको सुनौलो महाकाली यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट तल खसेको हो ।

मृतकहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते ११ जना भने सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्