समय : ०८:२७ am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानमा २६१ औं नेपाली सेना दिवस मनाईयो

स्वर्गद्वारी अपडेट | फागुन २५ गते २०८०

प्यूठान । २६१ औं नेपाली सेना दिवस विविध कार्यक्रम गरि मनाईएको छ । सदरमुकाम खलंगा स्थित टुडिखेलमा बर्द बहादुर गण प्यूठानले बिबिध कार्यक्रम आयोजना गरि दिवस मनाएको हो ।

सो अवसरमा सेनाले तेक्वान्दो प्रदर्शन, कुर्सी दौड, चम्चा दौड, घैटो फोर प्रतियोगिता लगायत साँस्कृतिक कार्यक्रम गरेको हो । सो अवसर जिल्लामा रहेका नेपाली सेनाका शहिद परिवारलाई सम्मान समेत गरिएको थियो ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, आम नागरिकको सहभागिता थियो ।

त्यसैगरी बिहान बर्द बहादुर गणका गणपति प्रमुख सेनानी रमेश थापाले मल्लरानीमा रहेको शिव मन्दिर जिणोद्वार गरि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने बेला बि.सं. १८१९ मा स्थापना भएको ५ वटा कम्पनी मध्ये बर्द बहादुर बज्रबाणी कम्पनीको नामबाट स्थापना भएको गणले जनाएको छ । गणले २०२० सालमा निशान प्राप्त गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page