समय : ०५:२६ am | शनिबार , श्रावण ११ गते २०८१

आज तराईमा हुस्सु र कुहिरो, पहाडी भेगको तापक्रम घट्दै

स्वर्गद्वारी अपडेट | पौष १८ गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।काठमाण्डौ उपत्यकामा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । उपत्यका र आसपासका क्षेत्र तथा पहाडी भेगमा लागेको हुस्सु अब घाम लागेसँगै हटेर जाने मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । यस्तै तराईका धेरै भू–भागमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईमा आज दिउँसो अबेर घाम लाग्ने उहाँले बताउनुभयो ।

नेपालको मौसममा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पानी पर्ने प्रणालीको विकास नभएकाले अझै केही दिन पानी नपर्ने मौसमविद् अधिकारीले बताउनुभयो ।आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज आंशिक बदली हुने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, बाग्मती प्रदेशका केही पहाडी स्थानमा दिउँसो आंशिक बदली रहनेछ । कोशी, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपातको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page