समय : ०६:२४ am | शनिबार , श्रावण १२ गते २०८१

आज पहाडी भूभागमा आंशिक बदली र तराईमा हुस्सुको सम्भावना

स्वर्गद्वारी अपडेट | पौष १० गते २०८०

१० पौष ,स्वर्गद्वारी अपडेट समाचार डेक्स ।  हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page