समय : ०८:५६ am | शनिबार , श्रावण १२ गते २०८१

आज उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

स्वर्गद्वारी अपडेट | पौष १४ गते २०८०

  पुस १४

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।देशका पहाडी क्षेत्रमा आजको मौसम आंशिक बदली छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका साथै कोशी र बाग्मतीका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।मधेस प्रदेशसहित तराई क्षेत्रमा बिहान हुस्सु र कुहिरो लागेको छ ।आज कोशी र बाग्मतीसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तर पानी पर्ने सम्भावना नरहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । अहिले उल्लेखनीय मौसमी प्रणाली छैन तर दिउँसोदेखि पश्चिमी वायुको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकामा आज बिहानकाे न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस छ । हिजो बिहान ८ दशमलव १ डिग्री रहेकोमा आज न्यूनतम तापक्रम घटेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page