स्वर्गद्वारी प्यूठान होटलबाट ६ जना अपहरणकारी पक्राउ
स्वर्गद्वारी अपडेट
श्रावण २१ गते २०७९
7:52 PM
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा प्यूठानका एक युवा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा प्यूठानको प्यूठान नगरपालिका–८ बागदुला घर भएका २८ वर्षीय बिशाल मगर रहेका छन । उनि काठमाण्डौको मित्रनगरमा बस्दै आएका थिए ।
उनिहरुलाई एक चिनिया नगरिकलाई अपहरण गरेको आरोप लागेको छ । नयाँ बसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट उनिहरु पक्राउ परेका हुन ।
त्यस्तै पक्राउ पर्नेमो गोरखाका कर्ण बहादुर गुरुङ र लक्ष्मण गुरुङ, सर्लाही का रोहित मगर,नुवाकोटका बिनोद केसी र बर्दियाका शिब सुनार रहेका छन ।