स्वर्गद्धारी अपडेट,प्यूठान । नवलपरासी (नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।बिहान महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ ।घाइतेमध्ये ८ जनालाई भरतपुर रेफर गरिएको र अन्यको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरक्षक रामनारायण गुप्ताले जानकारी दिनुभयो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । पल्टिएको केहीबेरमा बसमा आगलागी भएको थियो ।आगो लाग्नुअघि सबै यात्रुको उद्धार गरिसकेकाले थप जोखिम हुन नपाएको प्रहरीले जनाएको छ । बसमा विद्युत् सट भएर आगो लागेको हुनसक्ने अनुमान छ ।