मंसिर १३ गते २०८०
01:41: PM
मंसिर १३ गते २०८०
01:41: PM

जबर्जस्ती विवाह गराउन खोज्ने ३ जना पक्राउ

श्रावण ७ गते २०७९
1:41 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । गत साउन २ गते घोराही उपमहानगरपालिका– १० कि रोशनी लामिछानेले मेहेन्दी लगाइदिन भन्दै एक जना साथीलाई घरमा बोलाइन् । दिनभर उनीहरु सँगै बसे, मेहेन्दी लगाए । साँझतिर तुलसीपुर उपमहानगरपालिका–७ का शिशिर वादी गाडी लिएर उनीहरुको घरमा आए । रोशनी र उनकी आमा सीता केसी लामिछानेले ती युवतीलाई पनि सँगै लिएर गाडी चढे । ती युवतीले जान मानिनन्, तर आमाछोरीले जबर्जस्ती गरे । चालकले गाडी तुलसीपुर–७ का ३५ वर्षीय प्रकाश वलीको घरमा पु¥याए । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ती युवतीलाई प्रकाशको घरमा पुगेपछि विवाहका लागि दबाव दिइएको थियो । युवतीले विहेका लागि आफूलाई दबाव दिएपछि बाबुलाई म्यासेज पठाइन् । बाबुले तत्काल इलाका प्रहरी कार्यालय तुलसीपुरमा जानकारी गराएपछि प्रहरीले प्रकाशकै घरबाट ती युवतीको उद्धार गरेको छ ।जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्द रिजालले युवतीलाई जबर्जस्ती विवाह गर्न दबाव दिएको खुलेको बताए । प्रहरीले रोशनी,उनकी आमा सीता र गाडी चालक शिशिर वादीलाई पक्राउ गरेको छ । उनीहरुले ती युवतीलाई विवाह गर्न किन जबर्जस्ती गरे भन्ने नखुलेको प्रहरीले बताएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page