असाेज १२ गते २०८०
10:06: AM
असाेज १२ गते २०८०
10:06: AM

२ जना बाख्रा चोर पक्राउ

असार २८ गते २०७९
3:38 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । बाख्रा चोरी गरेको आरोपमा दाङको देउखुरीबाट २ जना पक्राउ परेका छन् । शुक्रबार राती करिव १० बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी घरभाँडामा बस्ने कल्पना गुरूङको खोरबाट बाख्रा चोरी भएको थियो । चोरले १ वटा बाख्री, १ वटा बोका र १ वटा खसी गरी ३ वटा बाख्रा चोरी गरेको थियो ।बाख्रा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिसहनियाँले सोही ठाउँका ४२ वर्षिय दलबहादुर चौधरी र ४५ वर्षिय बलिराम चौधरीलाई पक्राउ गरेको छ । पक्राउ मध्य दलबहादुर चौधरीले आफ्नो घरमा लगेर बाख्रा बाँधेको खवर स्थानीयले प्रहरीलाई दिएका थिए ।स्थानीयको खवर पाएपछि खोजतलास गर्ने क्रममा प्रहरीले शनिबार राप्ती नदी छेउमा हिडिरहेको अवस्थामा दलबहाद चौधरीलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । पक्राउ परेका दलबहादुर चौधरीको बयानको आधारमा बलिराम चौधरी पनि पक्राउ परेका हुन् ।मदिरा सेवन गरेपछि उनिहरुले बाख्रा चार्ने योजना बनाएका थिए ।

रिप्लाई गर्नुहोस