असाेज ९ गते २०८०
07:28: AM
असाेज ९ गते २०८०
07:28: AM

धान रोप्ने क्रममा चट्याङ लागेर १९ वर्षीय सुशीलाको मृत्यु

असार १९ गते २०७९
10:44 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्धारी अपडेट,प्यूठान । कपिलवस्तुमा सनिबार चट्याङ लागेर एक किशोरीको ज्यान गएको छ । शिवराज नगरपालिका–२ बालापुर बस्ने १९ वर्षीय सुशीला थारूको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताएका छन् । बिहान खेतमा धान रोप्न गएकी थारूलाई चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

रिप्लाई गर्नुहोस