मंसिर १३ गते २०८०
03:05: PM
मंसिर १३ गते २०८०
03:05: PM

संगितकार झलक संगितमको “पुगेन” गीत सार्बजनिक

जेठ ११ गते २०७९
6:24 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
केशर सुनार , प्यूठान । प्यूठानी गायक तथा सङितकार झलक सङ्गितम को ’ पुगेन ’ बोलको गीत सार्बजनिक भएको छ । लोक लयमा तयार भएको उक्त गीत सोमबार मात्र सार्बजनिक भएको हो । गीतमा गरिब दिन दुखी भएकै कारण साहुको भारी नबोकी हातमुख जोड्न गाह्रो भएको र गरिब भएकै कारण समयमै औषधी उपचार पाउन नसक्दा मृत्यु को मुखमा पुग्नु परेको कथालाई चित्रण गरिएको छ । गीतमा गरिबी दिन दुखी हरुलाई जत्ति परिश्रम गरेपनी खान लाउन कहिल्यै नपुग्ने र औषधि उपचार पाउन नसकी अकाल मै ज्यान जाने जस्ता गरिब दिन दुखी का यथार्थ समस्याको कथा रहेको संगीतकार झलक संगीतमले बताएका छन । गीतमा चर्चित गायक झलक सङ्गितम , सुम्रीम मल्ल र सरिता सुनारको सुमधुर स्वर रहेको छ । गीतमा शब्द तथा सङ्गीत झलक सङ्गितमको छ । भिडियोमा चर्चित मोडल साया भण्डारी ,अन्जान थापा , बालगायक सचिन परियार लगायत को कारुणिक अभिनय देख्न सकिन्छ । भिडियोमा जल राप्ती डिजिटल म्युजिक प्राली को छायांकन र विशाल बैरागी को निर्देशन रहेको छ । रेकर्डिङ रेम सुनारले गर्नुभएको छ भने अनिल बिस्ट प्युठानि ले सम्पादन गर्नुभएको छ । “पुगेन“ म्युजिक भिडियो आलाप रेकर्डिङ स्टुडियो च्यानल मार्फत सार्बजनिक गरिएको छ । 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page