शुक्रबार दिउँसो करिब १ बजे लमहीका स्थानीय मुस्लिम समुदायहरूले सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला त्यही भिडबाट चक्कु र इट्टा प्रहार भएको प्रहरी प्रमुख थापाले जानकारी दिए । घाइते मध्ये एक जनाको टाउको गम्भीर चोट लागेको छ ।चक्कु र इट्टाको प्रहारबाट लमही नगरपालिका वडा नम्बर ५ निवासी ६४ वर्षिय गुठे कुरेसी, सोहि वडा निवासी ३३ वर्षिय अरसद अली, सवविर अली, ५२ वर्षिय मोहम्मद कासिम, २९ वर्षिय सकिल अली, ६५ वर्षिय दिल मोहम्मद मिया, २५ वर्षिय कमाल अली, ४२ वर्षिय मोहम्मद याकदिन अली घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।घाइतेहरू मध्ये चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य चार जनाको जानकी मेडिकलमा उपचार भइरहेको छ । लमहीमा रहेको मुस्लिम विद्यालयको विद्यालय ब्यवस्थापन समितिको बिषयलाई लिएर दुई समूहबिच झडप भएको बुझिएको छ ।