मंसिर १३ गते २०८०
01:47: PM
मंसिर १३ गते २०८०
01:47: PM

पाल्पामा पहिरोले पुरेर एक वेपत्ता

वैशाख ७ गते २०७९
9:43 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

पाल्पा — सुख्खा पहिरो खस्दा पाल्पाको तिनाउ गाउँपालिका–१, कचलमा मंगलबार एक व्यक्ति वेपत्ता भएका छन् । कचलफाँट सिंचाइ आयोजनाको मुहान क्षेत्रमा भइरहेको काम अनुगमन गर्न जाँदा सुख्खा पहिरोले पुरेर अन्दाजी ५५ वर्षीय डिल बहादुर हिस्की वेपत्ता भएको दोभान प्रहरीले जनाएको छ ।
घटनापछि दुई जना प्रहरी घटनास्थलमा पुगेका छन् । सयौंको संख्यामा स्थानीय बासिन्दाले कुलोका लागि खनिएको माथिल्लो भागमा ढुंगा पन्छाए पनि नभेटिएको कचलकी वडा सदस्य धनीकुमारी बगालेले जानकारी दिइन् ।
उनका अनुसार डोजर लैजान नमिल्ने भएकाले पनि खोजी कार्यमा समस्या भएको छ । मंगलबार दिउँसो अनुगमनका लागि दुई जना गएका थिए । घटनास्थल नजिकै चार जना कामदार काम गरिरहेका थिए । स्थानीय रेवन्तबहादुर छहरीका अनुसार उपभोक्ता समितिले काम गर्दै गरेकाले अनुगमन गर्न जाने गर्छन् । २०४५ सालतिर सुरु भएको कचल सिंचाइ फाँट योजना अझैसम्म पूरा भएको छैन ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page