फागुन १० गते २०८०
07:07: AM
फागुन १० गते २०८०
07:07: AM

लिलु राइको “आधा जीवन ” बोलको गीत सार्वजनिक

वैशाख २ गते २०७९
5:53 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 प्यूठान ,बैशाख –२ । इलामका गायक लिलु राईको आधा जीवन बोलको गीत सार्वजनिक भएको छ ।इलामको रमणीय ठाँऊहरुमा छाँयांकन गरिएको गीतमा आधा जीवन बितिसक्दा आफ्नो खास सपनाहरु पुरा गर्न नसकिएको काल्पनिक अवस्थालाई भिडियोमा देखाउन खोजिएको छ । निशान सापकोटा को निर्देशन तथा कृष्ण सापकोटाले सह निर्देशनमा तयार भएको गीतमा गायक स्यमं लिलु राई तथा कलाकारहरु सबिना खड्गी राई, रचना कार्की, कबिता घिमिरे र निर्जला भट्टराई लगायतको को अभिनय रहेको छ । त्यस्तै दधिराम पौडेल र केशव राज नेपाल को अबधारणमा म्युजिक भिडियोको तयार भएको हो । उक्त गीतको छायांकन हिकस राई र नगीन धिमाल तथा सम्पादन हिकस राईले गरेका छन् भने स्वर लिलु राई, संगीत सुवास सर्जन, रेकडिष्ट मनिस लामा, एरेन्जर फडिन्द्र राई, गीतको रचना मीनु बान्तावा, मिक्सिङ्ग सुमनले गरेका छन् भने स्टुडियो पर्पल, अनामनगर रहेको छ । उक्त गीतलाई हाइलाइटस् नेपाल मार्फत शुक्रबार सार्वजनिक गरिएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page