फागुन १० गते २०८०
07:04: AM
फागुन १० गते २०८०
07:04: AM

आज, भोलि र पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

जेठ ९ गते २०८०
7:20 AM
Author Avatar
सन्तोष सुनार

आज, भोलि र पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् गोविन्द झाका अनुसार लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका एक/दुई ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । अन्य प्रदेशमा पनि वर्षाको सम्भावना छ । आज तराईका केही जिल्लामा पनि पानी पर्ने मौसमविद् झाले जानकारी दिनुभयो ।पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र तराईमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । दिउँसोको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने मौसमविद् झाले बताउनुभयो । उहाँका अनुसार अहिले प्रि-मनसुन सक्रिय भएको छ ।यस्तै, पश्चिमी वायु र स्थानीय वायुको प्रभाव समेत रहेको छ । भोलि र पर्सिको मौसम पनि आजको जस्तै रहने मौसमविद्ले बताएका छन् । 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page