मंसिर १२ गते २०८०
07:50: PM
मंसिर १२ गते २०८०
07:50: PM

रिपुमर्दिनी सैनिक महाविद्यालयको १८ औं बार्षिकोत्सव

वैशाख २८ गते २०८०
8:27 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट समाचार डेक्स ।  बाँसबारी काठमाण्डौंस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयको १८ औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित तीन दिने बृहत विज्ञान प्रदर्शनीको प्रधानसेनापति प्रभुराम शर्माले अवलोकन गर्नुका साथै उत्कृष्ट विद्यालयहरुलाई पुरस्कृत गर्नुभएको छ । बलाध्यक्ष रथी श्री सिताराम खड्काले मिति २०८० बैशाख २५ गते समुद्‍घाटन गर्नुभएको उक्त प्रदर्शनीमा देशभरिका विभिन्‍न सामुदायिक तथा संस्थागत गरी कुल ४२ वटा विद्यालयका १५५ वटा प्रोजेक्टहरुको सहभागिता रहेको थियो । रिपुमर्दिनी सैनिक महाविद्यालयले वि.सं. २०७७ सालबाट सुरु गरेको प्रधानसेनापति बृहत् विज्ञान प्रदर्शनीको यो तेस्रो संस्करण हो ।प्रदर्शनीको विभिन्‍न विद्यालय तथा महाविद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा सर्वसाधारण गरी दुई हजार जना भन्दा बढीले अवलोकन गरेका थिए । प्रा.डा. रामेश्‍वर अधिकारी, डा.ई. शंकर ढकाल र प्राविधिक प्रमुख सेनानी विष्णु भक्त गौतमसहितको मुल्यांकन समिति रहेको प्रदर्शनीमा काठमाण्डौँ इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी प्रथम, सैनिक आवासीय महाविद्यालय पोखरा द्वितीय, नेपाल पुलिस स्कुल साँगाको तृतीय, विजेश्‍वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको र सेन्ट मेरिज स्कुल जावलाखेलको उत्कृष्‍ट प्रोजेक्ट व्यवस्थापनको रूपमा छनौट भएका  थिए ।छनौट भएका प्रोजेक्टहरुलाई समापन समारोहमा प्रधान सेनापति शर्माले पुरस्कार वितरण गर्नुभएको थियो ।२०६३ सालमा स्थापित रिपुमर्दिनी सैनिक महाविद्यालयका संरक्षक सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती सुनिता शर्मा, बलाध्यक्ष रथी श्री सिताराम खड्का र उपत्यका पृतनापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपरथी श्री सागर बहादुर थापाले पनि त्यस अवसरमा विभिन्‍न विधामा उत्कृष्ट छात्रछात्रा, विद्यालय र शिक्षक/कर्मचारीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । शभरिका विभिन्‍न सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयहरु सम्मिलित यस प्रकारको बृहत विज्ञान प्रदर्शनीले विद्यार्थी तथा युवाहरुलाई विज्ञान, प्रविधि र अनुसन्धानमा प्रेरित गर्ने विश्‍वास लिईएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page