स्वर्गद्वारी अपडेट समचार डेक्स । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक पुरुषको ज्यान गएको छ । ज्यान जानेमा दैलेखको नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिनुभएको छ ।नारायण नगरपालिका–११ को भन्भनेमा रहेको लोहोरे खोलामा हिजो दिउँसो पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।