मंसिर १३ गते २०८०
03:02: PM
मंसिर १३ गते २०८०
03:02: PM

३दिन सम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना, काठमाण्डौमा दिउँसो पानी पर्ने अनुमान

वैशाख १८ गते २०८०
8:09 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट समचार डेक्स । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । काठमाण्डौमा दिउँसो ११र१२ बजेपछि पानी पर्ने सम्भावना देखिएको मौसमविद् झाले बताउनुभयो । आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उहाँले बताउनुभयो । दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परेको हो । यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ । भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ । यसले तराईका जिल्लामा गर्मी कम भएको छ । काठमाण्डौमा भने चिसो छ । प्रि(मनसुनको समयमा कतिपय ठाउँमा आरीघोप्टे वर्षासमेत हुने अर्का मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।विज्ञहरूले थोरै अवधिमा धेरै पानी खनिने गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरेका छन् ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page