आईपीएल क्रिकेटमा कोलकाताले बेङ्लोरलाई २१ रनले पराजित
स्वर्गद्वारी अपडेट
वैशाख १४ गते २०८०
6:49 AM
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट समचार डेक्स । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेङ्लोरलाई पराजित गरेको छ ।
गएराति बेङ्लोरकै घरेलु मैदानमा कोलकाता २१ रनले विजयी भयो । कोलकाताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको बेङ्लोरले ८ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ५४ र महिपाल लोमरोरले ३४ रन बनाए ।बलिङतर्फ कोलकाताका वरुण चक्रवर्तीले ३ तथा आन्द्रे रसेल र सुयश शर्माले २र२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कोलकाताका लागि ज्यासन रोयले ५६ र नितिश राणाले ३८ रन बनाए । बलिङतर्फ बेङ्लोरका विनिन्दु दी हसरंगा र विजयकुमार वयशकले २र२ विकेट लिए ।बेङ्लोर आठ खेलमा ८ अङ्कसहित पाँचौँ स्थानमा र ६ अङ्क रहेको कोलकाता आठौँ स्थानमा छ ।