मंसिर १३ गते २०८०
02:20: PM
मंसिर १३ गते २०८०
02:20: PM

प्यूठानमा १२औं राष्ट्रपति रनिङ शिल्ड शुरु

फागुन १८ गते २०७९
7:44 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्यूठान । प्युठान जिल्लामा जिल्ला स्तरीय बाह्रौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज बिहिबार देखी सुरु भएको छ ।जिल्ला खेलकुद विकास समन्वय समितिका अध्यक्ष हुमलाल नेपालिको अध्यक्षतामा सुरु भएको खेल कार्यक्रमको उद्घाटनलुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले गर्नु भएको हो । श्रेष्ठले खेलमा राजनीतिकरण तथा चापसुली जस्ता कार्य नगरी स्वच्छ तवरले खेल खेलाउनु पर्ने बताउदै जिल्लाको समग्र विकासमा सबैएकजुट र एकअर्कालाईलाई सहयोगगरी अघि बढ्नुपर्ने बताउनु भयो ।खेल प्रतियोगितामा जिल्लाको नौवटै स्थानीय तहको खेलाडीहरु उपस्थीत रहेको छन । खेल भने तिन दिनसम्मविभिन्न विधामा संचालन हुने आयोजकले जनाएको छ । जसमा भलिबल, कब्बडी, रिले दौड, दौड मार्सल आर्टस, एथलेटिक्स, लगाएत प्रतियोगिताहरु हुदैछन् ।खेलमा प्रत्येक पालिकाबाट ६०र६० जना खेलाडीहरुको सहभागीता रहेको रहेका छन । खेलमा सवैभन्दा बढी पदक जित्ने पालिकाले शिल्ड जित्नेछ । साथै जिल्लाबाट उत्कृष्ट छनौट भएका करीव ९० जना खेलाडी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्डमा सहभागिता जनाउने उपाध्यक्ष पोख्रेलले जानकारी दिए ।जिल्ला खेलकुद विकास समितिको आयोजनामा गणतान्त्रिक खेल मैदान विजुवारमा खेल सुरु भएको हो ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page