फागुन १० गते २०८०
06:50: AM
फागुन १० गते २०८०
06:50: AM

महोत्सवको पाचौ दिनमा शान्ति श्री र रचना रिमालको प्रस्तुति

फागुन ८ गते २०७९
8:05 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सन्तोष सुनार प्युठान । स्वर्गद्वारी प्युठान पाचौं महोत्सवको पाचौ. दिनमा आज सोमवार चर्चित लोक तथा दोहोरी गायिका शान्ति श्री परियार र चर्चितआधुनिक गायिका रचना रिमालले आ—आफ्नो बेजोड प्रस्तुतिका साथ महोत्सवमा  उपस्थित दर्शकलाई भरीपुर्ण मनोरन्जन प्रदाङ  गरी दर्शकलाई नचाएका छन । परियारले चर्चित ‘बोल माया‘,’ गलबन्दी च्यातियो, बनमा खएर लगायत गीत सुनाएकी थिइन ।त्यसैगरी चर्चित आधुनिक गायिका रचना रिमालले ‘फोटो फिरिममा‘’,साथै मिनिरल वाटर, सम्झिने पानी छम्किने लगायत गीत प्रस्तुत गरेकी हुन ।कार्यक्रममा गायक बिनोद परियार र राजेश भण्डारीले समेत प्रस्तुति राखेका थिए । महत्सवमा प्यूठान डान्स आइडलमा उत्कृष्ट्ट चयन भएका १७ जनाले पनि प्रसतुति राखेका थिए । महोत्सव कार्यक्रममा भोलि अर्थात ९ गते मङ्वार लोक दोहोरी गायिका चर्चित राधिका हमाल , आधुनिक क्षेत्रमा चर्चित गायक महेश काफ्ले आउने भएका छन । साथै आज प्युठान डान्स आइडलमा उत्कृष्ट्ट भएका १३ जनाको डान्सरको प्रस्तुति र लोक तथा दोहोरी गित प्रतियोगिता सन्चालन हुने छ। फागुन ४ गते देखि सन्चालन भएको महत्सव १४ गते सम्म चल्ने छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page