मंसिर १३ गते २०८०
03:29: PM
मंसिर १३ गते २०८०
03:29: PM

प्युठान महोत्सवमा भोलि पशुपति र प्रचण्ड आउने

फागुन ६ गते २०७९
8:33 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
केशर सुनार प्युठान !फागुन ६ गते शिवरात्रीको दिन प्युठान महोत्सवले दर्शकको भरिलो उपस्थित पाएको छ ।प्युठानिहरु शिवरात्रीमा कलाकारसंग झुमेका छन । चर्चित गायक बद्री पंगेनी, सम्झना लामिछाने मगर, मोडल तथा डान्सर अञ्जली अधिकारी, बिमल अधिकारी लगायत स्थानीय कलाकारले माहोल तताएका हुन । सोही दिनमा डान्स आईडल र लोक दोहोरी पनि भएको थियो । फागुन ६ गते प्युठान डान्स आईडलमा प्युठान नगरपालिका र झिमरुक गाउँपालिकाका प्रतियोगीले प्रस्तुति राखेका थिए । जसबाट १४ जनाले आगामी यात्रा तय गरेका छन । त्यसैगरी स्वर्गद्वारी नगरपालिका र नौबहिनि गाउँपालिकाबीच दोहोरी प्रतियोगिता सम्पन्न  भएको छ । त्यस्तै भोलि अर्थात फागुन ७ गते चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा लगायतका दर्जनौ चर्चित कलाकारहरु  आउदै हुनुहुन्छ । त्यसैगरी टिका प्रसाईं, लेखराज गुरुङ, प्रचण्ड जिसि र  दिपु पुन मगरको प्रस्तुति रहनेछ । कार्यक्रममा प्युठान डान्स आइडल र लोक तथा दोहोरी गित प्रतियोगिता समेत संचालन हुनेछ । प्यूठान उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको "कृषि पर्यटन उधोग र ब्यापार : रास्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ  सन्चालन गरिएको स्वर्गद्वारी प्युठान पाचौ महोत्सव फागुन ४ गतेदेखि १४ गतेसम्म चल्नेछ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page