असाेज १२ गते २०८०
09:29: AM
असाेज १२ गते २०८०
09:29: AM

त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपाल आज नामिबियासँग खेल्दै

फागुन ६ गते २०७९
7:12 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट प्यूठान ।
 आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । हिजो भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अङ्कका साथ छैटौँ स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्यान्ड ३४ खेलमा ४८ अङ्कसहित शीर्ष स्थानमा छ । सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एक दिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ ।नेपालले यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

रिप्लाई गर्नुहोस