समय : ०५:१७ am | आइतबार , भाद्र २२ गते २०८१

स्वर्गद्वारीमा डेँगु, स्कबटाईफस किटजन्य रोकथाम तथा नियन्त्रण अभिमुखीकरण सम्पन्न

सन्तोष सुनार | श्रावण ७ गते २०८१

प्यूठान । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा डेँगु स्वबटाईफस लगायतका किटजन्य रोगहरुको रोगथाम तथा नियन्त्रणका लागी बहुनिकाय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार स्वर्गद्वारी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा डेँगु, स्कबटाईफस किटजन्य रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखीकरण स्वर्गद्वारी नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो । वर्षायाममा बढि मात्रमा डेँगु संक्रमण देखिने भएकाले साउन, भदौ र असोज महिनालाई मध्यनजर गरी सबैलाई बच्न तथा सजक रहन कार्यक्रम गरिएको स्वर्गद्वारी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा डेँगु र स्कवटाईफस लगायतका किटजन्य रोगहरुलाई रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धि भिगृ प्राथमिक स्वास्थ्य केन्द्रका डा। विनोद पौडेलले सहजिकरण गरेका थिए । डेँगु रोगहरुबाट बच्न घर वरिपरी टायर नराख्ने , वरिपरी सफा राख्ने, ड्रम, बाल्टि ट्याङ्किमा पानी भरेर नराख्ने , यदि भरेमा माथिबाट छोप्ने गर्ने गरेमा डेँगुले लार्भा पार्न नपाउने भएकाले डेँगुबाट बच्न र रोगथाम गर्न सकिने कार्यक्रममा बताईएको थियो । त्यस्तै स्कबटाईफसबाट बच्न पनि साबधानी अपनाउनु पर्ने बताईएको थियो । यो रोग मुसाबाट किर्नाले मानिसमा सार्ने गरेको पाईएको छ । विशेष गरेर जङ्गलमा घास काट् तथा अन्य कामको क्रममा किर्नाहरुले टोकेको अवस्थामा यो रोग भएको पाइएको छ । किर्नाले टोकेपछि कालो तथा रातो दाग देखिने गर्दछ ।

त्यस्तै कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले स्वाच्छ वातावरण तथा विभिन्न रोगहरुबाट बच्न तिन स को अभियान चलाउने समेत बताएका थिए । पहिलो स– सफा चर्पी ( पानी , साबुन , ब्रस , फिनेल , चप्पल , चुकुल लाग्ने सुरक्षित ढोकाको व्यवस्था ) दोस्रो स – सफा भान्सा ( धुवाँ रहित चुल्हो , शुद्व पिउने पानी , भाडाबर्तन , पकाउन तयारी खानेकुरा र खाना खाने ठाउँको व्यवस्थापन ) र तेस्रो स – सफा घर आगँन र हराभरा करेसाबारी (घरभित्र र घर बाहिरको सरसफाई र फोहोर बिसर्जनको विधि ,चाङ र जुठ्यान र ठाँउ अनुसार हराभरा करेसाबारीको व्यवस्थामा) भएमा धेरै रोगहरुबाट बच्न सकिने बताउदै हामीले यसलाई व्यवहारीकमा ल्याउनु पर्ने अति आवश्यक भएको समेत कार्यक्रममा धारणा राखेका थिए । यो तिन स को अभियान नेपालमा पहिलो पटक स्वर्गद्वारी नगरपालिकाले गरेको हो ।

कार्यक्रममा त्यस्तै स्वर्गद्वारी नगरपालिकाका उप्रमुख मिनराज रानाले डेँगु रोग कोभिड भन्दा जटिल रहेकाले यसलाई सामान्य रुपमा नलिई विशेष रुपले निग्रानी गरी सुरक्षित रहन आग्रह गरेका थिए । यो रोगले आफुलाई मात्र नभई सिंगो समुदायमा प्रभाव पार्ने भएकाले सरसफाई , विशेष गरी डेँगु टायरमा रहने भएकाले घर आगनबाट टाढा राख्ने,चर्पीमा रहेका बाल्टिहरुमा पानी नभरी खाली राख्ने जस्ता कार्य गर्नुपर्ने आवश्यक रहेको उप्रमुख रानले बताए । त्यस्तै उहाँले डेँगु भएमा नआत्तिन, नडराउन र जथाभावी औषधी नखान र स्वास्थ्यकमीहरुको सल्लाह अनुसार गर्न समेत भनाई राखेका थिए । हाल प्यूठानमा डेँगु रोगको सक्रमण विरामी तिन जना भेटिएका छन । डेँगु, स्कबटाईफस कितजन्य रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धि अभियान यहि साउन १५ गते भित्र नगरपालिकाको प्रत्येक वडामाहरुमा गरिसक्ने भएको छ । डेँगु रोग सन २००४ मा विदेशी नागरिकमा देखा परेको थियो।
स्वर्गद्वारी नगरपालिकाको उप्रमुख मिनराज रानाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिध , स्वास्थ्य कार्यालय प्यूठानको प्रतिनिध , स्वर्गद्वारी नगरपालिका भित्र स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधी , उद्योग वाणिज्य संघका प्रतिनिध ,राजनितिक दलका प्रमुख तथा प्रतिनिधी , पत्रकार , आमा समुहका प्रतिनिधि र कर्माचारीको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक दुर्गा प्रसाद गोराथोकीले गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्