समय : ११:५६ pm | शुक्रबार , श्रावण १ गते २०८३

जुम्री–सापडाँडा सडक कालोपत्रे भदौदेखि सुरु हुने:प्रवत्ता श्रेष्ठ

स्थानीयवासीले लामो समयदेखि उक्त सडक कालोपत्रेको माग गर्दै आएका थिए।

स्वर्गद्वारी अपडेट | श्रावण १ गते २०८३

प्युठान। लामो समयदेखि स्थानीयको चासो र विकासको प्राथमिकतामा रहेको जुम्री–सापडाँडा सडक कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आगामी भदौ–असोज महिनादेखि सडक कालोपत्रेको काम सुरु गर्ने योजना रहेको प्युठान नगरपालिकाले जनाएको छ।

प्युठान नगरपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष सुमनराज श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमै लुम्बिनी प्रदेश सरकारबाट पूर्वाधारतर्फ विनियोजित १५ लाख रुपैयाँ, शहरी विकासतर्फ ३० लाख रुपैयाँ गरी ४५ लाख रुपैयाँ बजेट उपलब्ध भएको छ। यसमा प्युठान नगरपालिकाले समेत आवश्यक बजेट थप गरी सडक कालोपत्रेको काम अघि बढाइनेछ।

प्रवक्ता श्रेष्ठले ऐतिहासिक महत्व र स्थानीय बासिन्दाको वास्तविक आवश्यकतालाई मध्यनजर गर्दै जुम्री–सापडाँडा सडकको कालोपत्रे कार्य सुरु गरिने बताए। उनले पहिलो चरणमा सडकलाई कम्तीमा सापडाँडा–भरङ्गासम्म कालोपत्रे पुर्‍याउने लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि सबै तह र पक्षसँग समन्वय तथा पहल जारी रहने बताए।

सडक कालोपत्रे भएपछि स्थानीयवासीको आवागमन सहज हुनुका साथै कृषि उत्पादनको ढुवानी, व्यापार, पर्यटन प्रवर्द्धन र समग्र क्षेत्रीय विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले लामो समयदेखि उक्त सडक कालोपत्रेको माग गर्दै आएका थिए।

यो पनि पढ्नुहोस्