प्युठान। जिल्ला अस्पताल प्युठानका नवनियुक्त व्यवस्थापन समितिको अध्यक्ष कृष्ण प्रसाद बसेलले पदभार ग्रहण गरेका छन्।
सोमबार जिल्ला अस्पतालमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले गुणस्तरीय स्वास्थ्य सेवा आजको प्रमुख आवश्यकता रहेको बताए।‘बदलिँदो परिस्थितिमा स्वास्थ्य सेवा जटिल बन्दै गएको अवस्थामा स्वास्थ्य सेवाका क्षेत्रमा सबैले गम्भीर भएर लाग्नुपर्छ।’ उनले भने,‘आफू अध्यक्षको पदमा रहदासम्म अस्पतालमा गुणस्तरीय सेवा प्रवाह,प्रशासनिक र नीतिगत सुधारमा कुनै कमी हुन नदिने बताएका छन्।’आफू फरक क्षेत्रको व्यक्ति भए पनि सबैको सुझाव,सल्लाह ग्रहण गर्दै अस्पतालका समस्या उठान र समाधानको निमित्त संघ तथा प्रदेश सरकारसँग हारगुहार गरेर भए पनि समाधान गरिने प्रतिबद्धता समेत अध्यक्ष बसेलले व्यक्त गरका छन्।
स्वागत कार्यक्रममा बोल्दै जिल्ला अस्पताल प्युठानका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुवास पौडेलले अस्पतालको सेवा विस्तारलाई थप गुणस्तरीय,प्रभावकारी र चुस्तदुरुस्त बनाउन अध्यक्षले ठुलो भूमिका खेल्नेमा विश्वस्त रहेको बताए।
लुम्बिनी प्रदेशको मन्त्रीपरिषद्को बैठकाले बैशाख ३० गतेको निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बसेलललाई नियुक्त गरेको थियो।








