समय : ०९:५१ pm | शुक्रबार , कार्तिक ९ गते २०८१

बालबालिकाद्वारा सडक नाटक प्रदर्शन

स्वर्गद्वारी अपडेट | जेठ १० गते २०८०

नानीमैया कटवाल/सप्तरी, १० जेठ - सप्तरीको शम्भुनाथ नगरपालिकाको विभिन्न वडाका टोलहरुमा बालबालिकाहरुले दुई दिनदेखि लगातार सडक नाटक प्रर्दशन गरिरहेका छन् ।

जनता माध्यमिक विद्यालय रामपुर जमुवा र रामदयाल माध्यमिक विद्यालय सखुवा कचन्दाहाकाका बालिबालिकाले शम्भुनाथको विभिन्न टोलमा सडक नाटक प्रदर्शन गरेको कार्यक्रम संयोजक बरुण बस्यालले बताउनु भयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको सहयोगमा शम्भुनाथको बैरयाही टोल, मिलन चौक, सदा टोल, शिव चौक, शम्भुनाथ मेला लगायतमा सडक नाटक प्रदर्शन गरिएको हो ।

इन्सेकद्वारा विद्यालयमा गठित बाल अधिकार सचेतना समूहका बालबालिकालाई सडक नाटकको तालिम दिएपछि उनीहरु स्वयम् बाल श्रम, बाल विवाह, महिला हिंसा र लागु औषधविरूद्ध सडक नाटक प्रदर्शन गर्न थालेका हुन् । बाल कलाकारहरूले समाजमा महिला हिंसाको स्वरूप, बाल श्रम गर्न वाध्य हुने अवस्था, बालविवाह र लागु औषधले पार्ने असर समाबेस गरी सडक नाटक प्रदर्शन गरिरहेका छन् ।

गरिब, दलित समुदायमा शिक्षा र सचेतनाको कमीकै कारण हिंसा बढी हुने गरेको भन्नु हुँदै शम्भुनाथ नगरपालिका–१० का पूर्व वडा अध्यक्ष पतिराम सदाले सशक्तिकरण र सचेतनामुलक कार्यक्रमहरू गाउँगाउँमा लैजानु आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकार निगरानी समूहका सचिव रामनारायण मण्डलले कलिलो उमेरदेखि नै बालबालिकाकै माध्यमबाट समाजमा रहेको बिकृती एवम् बिसङ्गतीलाई हटाउन खोज्नु बढी लाभदायी भएको बताउनु भयो । मानव अधिकारको प्रत्याभूतिका लागि सरोकारवाला निकायलाई झक्झकाउन सडक नाटक प्रभावकारी हुने गरेको उहाँको भनाई थियो ।

 सडक नाटकमा शंकरकुमार साह, करिना सरदार, जयप्रकाश दास, रोशन पाल, पशुपति चौधरी, अच्छे सरदार, मिथलेश साह, राजकुमारी मण्डल, सुर्य पाल, काजल मण्डल, प्रितिका कुमारी चौधरी, श्रवण मण्डल, आशाकुमारी मण्डल, प्रिता चौधरी, सुरज चौधरी, करण चौधरी, हेमन्त चौधरी र सचिदानन्द चौधरी सहभागी थिए ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्