समय : ०६:१८ am | शनिबार , श्रावण १२ गते २०८१

उदयपुरकोटमा १ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

स्वर्गद्वारी अपडेट | चैत्र १३ गते २०८०

प्युठान। प्युठानको माण्डवी गाउँपालिका -४ उदयपुरकोटमा १ दिने नि:शुल्क पशु शिविर सम्पन्न भएको छ।एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यलय प्युठानको मुख्य आयोजना र माण्डवी गाउँपालिकाको सहजीकरणमा शिविर सम्पन्न भएको हो।

एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार शिविर सञ्चालन गरिएको गाउँपालिकाका पशु सेवा विकास शाखा प्रमुख कौशल अधिकारीले जानकारी दिए।उनको अनुसार करिव १ सय ४५ घरधुरी लाभान्वित भएका छन् । उक्त शिविर मार्फत १,७ सय ५४ वटा बाख्रा,२ सय ७०वटा गाइ गोरु, ५८ वटा भैसि र ८सय २वटा कुखुराहरुका लागि आवश्यक औषधी वितरण सहित सामान्य उपचारको व्यवस्था गरिएको थियो।

एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यालय प्युठानका प्रमुख उमेश चन्द्र श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा वडा अध्यक्ष डिल बहादुर घर्तीको प्रमुख आतिथ्यता रहेको थियो।प्रमुख अतिथि एवम् ४ नं. वडा अध्यक्ष घर्तीले व्यानर पढेर उद्घाटन गरेका थिए।कार्यक्रममा पशु विकास अधिकृत डा. गणेश पुनले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन माण्डवी गाउँपालिकाका पशु सेवा विकास शाखा प्रमुख कौशल अधिकारीले गरेका थिए।शिवर आयोजना गरिएकोमा स्थानीयबासिहरुले आवश्यक अनुसारको सेवा लिन पाउँदा खुसी व्यक्त गरेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page