प्युठान।ऐरावती गाउँपालिकाले निर्माण गरेको हाटबजार टहरो प्रयोग विहिन भएको छ।उक्त टहरो कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री वितरण गर्ने उद्देश्यले निमार्ण गरिएको हो।
हाट–बजारमा बीचौलिया कम हुने भएकाले किसानले राम्रो मूल्य पाउँछन् र उपभोक्ताले ताजा उत्पादन सस्तोमा उपभोग गर्ने हुँदा पालिकाले कृषि हाट बजारलाई पहिलो प्राथमिकतामा राखेर संरचना निर्माण गरेका हुन्।तर पालिकाका कृषक, कृषकलाई संरक्षण गर्ने निकाय र कृषि सहकारीहरुको आपसी समन्वय कारणले हाटबजार अलपत्र परेको हो।
ऐरावती गाउँपालिकाको मुख्य व्यापारी केन्द्र रहेको बरौलामा निर्माण गरिको टहरो यतिबेला फोहोर फाल्ने ठाउँ र वरिपरि घाँसले भरिएको छ।आर्थिक वर्ष २०७४/७५ मा स्थानीय उत्पादन कृषिउपजहरु संकलन गर्नेगरी निर्माण गरिएको टहरो यतिबेला जिर्ण बन्दै गएको हो।
तत्कालिन समयका लुम्बिनी प्रदेशकाका कृषि तथा सहकारी मन्त्रि हरि रिजालले उक्त हाट बजार टहरो उद्घाटन गरेका थिए। उक्त टहरोबाट पशु सङ्कलन केन्द्र र हाट बजार संचालनको लागि ८ लाख ४१ हजार लागतको निर्माण गरिएको थियो।








