समय : ११:५६ pm | मङ्गलबार , जेठ २६ गते २०८३

प्यूठान डेरी संघको कार्यालय स्थापना

स्वर्गद्वारी अपडेट | वैशाख १२ गते २०८३

प्यूठान।प्युठानमा डेरी संघको कार्यालय स्थापना गरिएको छ।प्युठान नगरपालिका -२ चितिखोलामा शुक्रबार डेरी संघको कार्यालय खोलिएको हो।  

पानसमा बत्ती बालेर जिल्ला समन्वय समितिका प्रमुख धरम जिसीले कार्यक्रम  उद्घाटन गरेका थिए।

दुग्ध उत्पादन किसानलाई उत्पादनमा आधारित अनुदान दिदै आएको प्यूठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीले बताए।कृषि उपजमा आत्मनिर्भर बनाउन नगरपालिकाले बिभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गर्दै किसान पेन्सन कार्यक्रम संचालन गरिएको समेत नगर प्रमुख योगीले जानकारी दिए।

कार्यक्रममा बोल्दै डेरी ब्यबसायलाई व्यवस्थित गर्न संघ स्थापना गरि कार्यालय समेत स्थापना भएको हुँदा उद्देश्य अनुसार गतिबिधि अघि बढाउन प्यूठान उद्योग बाणिज्य संघको सधै सहयोग रहेने प्युठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले बताए।

जिल्लामा ७९ प्रतिशत दुध आयत हुँदै आएकोले जिल्लालाई दुधमा आत्मनिर्भर बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको संघका जिल्ला सचिव सिर्जना खनालले बताईन।

यो पनि पढ्नुहोस्