समय : ०८:४४ pm | सोमबार , भाद्र १६ गते २०८२

युक्रेनलाई ८० करोड डलर बराबरको थप सैन्य सहायता पठाउने अमेरिकाको घोषणा

स्वर्गद्वारी अपडेट | वैशाख ९ गते २०७९
अमेरिकाले युक्रेनलाई ८० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहायता पठाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएकाे छ । ८० करोड डलर बराबरको यो सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् । रुससँग युक्रेनकाे युद्ध सुरु भएयता तीन सय कराेड डलर बराबरकाे सैनिक सहायता दिइसकिएकाे बताइएकाे छ । यसैबीच अमेरिकी राष्ट्रपति जाे बाइडेनले रुस–युक्रेन युद्ध एक महत्त्वपूर्ण विन्दुमा पुगेकाे बताउनुभएकाे बीबीसीले जनाएकाे छ । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो । आक्रमणको दुई महिना पुग्नै लागेको छ । रुसले हिजो बिहीवार युक्रेनको मारिओपाेल सहर कब्जा गरेको घोषणा गरेको छ । तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपाेल कब्जा गरेको रुसको दाबीलाई अस्वीकार गर्नुभएको छ । यद्यपि रुसले पूर्वी युक्रेनको डोनबास क्षेत्रका ४० भन्दा धेरै गाउँ कब्जा गरेको उहाँले स्वीकार गर्नुभएको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ताका लागि राखेको प्रस्तावलाई रुसले अस्वीकार गरेको पनि जानकारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्