समय : ०५:३७ am | शनिबार , श्रावण ११ गते २०८१

पूर्वप्रधानमन्त्री ली खछ्याङकाे निधन

स्वर्गद्वारी अपडेट | कार्तिक १० गते २०८०

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् । 

पूर्वप्रधानमन्त्री शङ्घाईमा बस्दै आउनुभएको थियो । उहाँ सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो वरीयतामा हुनुहुन्थ्यो ।सीपीसीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिने ली खछ्याङलाई कुनै समय भावी प्रधानमन्त्री भनेर समेत चर्चा हुने गरेको थियो । 

पेकिङ विश्वविद्यालयमा अध्ययन गर्नुभएका उहाँ अर्थनीतिको जानकार पनि हुनुहुन्थ्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page