समय : ०३:०२ am | शुक्रबार , असाेज ३ गते २०८१

नौबहिनीमा शिक्षा दिवसमा शिक्षक र विद्यार्थीलाइ सम्मान

स्वर्गद्वारी अपडेट | असाेज २ गते २०८१

प्युठान।नौबहिनी गाउँपलिकाले उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल गाउँपालिका अन्तर्गतका विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा नगद पुरस्कार सहित सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

शैक्षिक क्षेत्रमा राम्रो उपलब्धी हासिल गर्ने उत्कृष्ट बिद्यालय,शिक्षक तथा बिद्यार्थीहरुलाई सम्मान गरी मनोबल उच्च बनाई बिद्यालयको शैक्षिक गुणस्तरलाई थप वृद्धि गर्न उत्प्रेरणा प्रदान गर्ने उदेश्यका साथ सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बिद्यालयको शैक्षिक गुणस्तरमा गाउँपालिकाले बिशेष जोड दिएको बताए।२०८० सालको एसईईको नतिजा दशैभर कमजोर देखिएको र त्यसमा पनि नौबहिनी गाउँपालिका अन्तर्गतका बिद्यालयहरुको नतिजा झनै कमजोर आएकाले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पालिका लागि परेको बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्