प्युठान — जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी ३ हजार ६२ विद्यार्थীমध्ये १ हजार ५ सय ३३ जना उत्तीर्ण भएका हुन् भने १ हजार ५ सय २९ जनाको नतिजा ‘एनजी’ आएको छ।
जिल्लामा GPA ३.६० देखि ४.०० सम्म ९३ जना विद्यार्थी रहेका छन्। GPA ३.२० देखि ३.६० सम्म २ सय ७५ जना, GPA २.८० देखि ३.२० सम्म ५ सय ५४ जना तथा GPA २.४० देखि २.८० सम्म ५ सय ८६ जना विद्यार्थी उत्तीर्ण भएका छन्। GPA २.०० देखि २.४० सम्म २५ जना विद्यार्थी रहेका छन्।
यस वर्ष प्युठानबाट दुई छात्राले ४ जीपीए ल्याएका छन्। लोक चेतना एकेडेमीकी सुमित्रा केसी र कालिका आवासीय माध्यमिक विद्यालय बिजुवार टारीकी करुणा पाण्डेले ४ जीपीए प्राप्त गरेका हुन्।
स्वर्गद्वारी–३, जलुकेकी सुमित्रा र प्युठान नगरपालिका–३ की करुणाको उपलब्धिलाई जिल्लामा विशेष रूपमा हेरिएको छ।
प्युठानमा एसईईमा ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए
लोक चेतना एकेडेमीकी सुमित्रा केसी र कालिका आवासीय माध्यमिक विद्यालय बिजुवार टारीकी करुणा पाण्डेले ४ जीपीए प्राप्त गरेका हुन्।








