समय : ०५:३६ am | आइतबार , भाद्र २२ गते २०८१

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो छ:अधिकृत पौडेल

स्वर्गद्वारी अपडेट | माघ ३ गते २०८०

उत्तरी प्युठानका विकट गाविस मानिने फोप्ली, लिघा, डाम्री, स्याउलीबाङ, खबाङ र लुङ मिलाएर नौबहिनी गाउँपालिका बनेको छ।प्युठानको सर्वोच्च पहाड कोठी, दिहाल्ना नजिक, प्युठानको सांस्कृतिक देवाली लुङ र लुप्लुङ, नौबहिनी झरना स्याउलीबाङ लगायतका पर्यटकीय एवं सांस्कृतिक क्षेत्र रहेको नौबहिनी गाउँपालिका वन, वनस्पति, जडिबुटी लगायतका कृषि तथा वनजन्य उपजको उत्पादनका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र हो।यस्तै, सम्भावना बोकेको नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेल संग स्वर्गद्वारी अपडेटले गरेको कुराकानी प्रस्तुत छ ।

नौबहिनी गाउँपालिकामा विकास पूर्वाधारको अवस्था कस्तो छ ?

नौबहिनी गाउँपालिकाको बिकासको पूर्वाधार तिब्र गतिमा अगाडी बढेको छ ।  अघिल्लो कार्यकालको जनप्रतिनिधि देखिनै हालको जनप्रतिनिधि सम्मको बिकासको पूर्वाधारमा आर्थिक बजेट बढी छुट्याइएको छ भने सामाजिक क्षेत्रमा बजेट कम बिनियोजन गरिएको छ । बिकासका पूर्वाधारमा जस्तैः सडक, खानेपानी, भवन, नाला र बाटो निर्माण गरिएको छ भने सामजिक क्षेत्रतर्फ  जनसमुदायको चेतनाको विकास, जनताको स्तर बृद्धि, रोजगारीका कुराहरु सोचे अनुरुप प्राप्त भएका छैनन् ।

तपाइले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अधि बढाउनु भएको छ ?

हामीले विकास निर्माणको काम दुई भागमा बिभाजन गरि विकास गरेका छौ ।  पूर्वाधार क्षेत्रमा उपभोक्ता समिति मार्फत अगाडी बढाएका छौ भने अर्को ठेक्का पट्टा मार्फत अगाडी बढाएका छौ । खासगरि विकास कार्य गर्दा अप्ठ्यारो (कठिन ) ठाउँहरुमा मेसिन प्रयोग गरेर ठेक्का पट्टा गरेका गरेका छौ । सामान्य प्रविधिमा कामहरु उपभोक्ता बाट गरेका छौ । अहिले सम्म यही तरिकाले नै काम गरिरहेका छौ ।

बजेट नीति तथा कार्यक्रमको कार्वान्वयन गर्न के कस्ता योजना बनाउनु भएको छ ?

बजेट नीति तथा कार्यक्रमको कार्वान्वयन गर्नका लागि नियमित कार्यपालिकाको बैठक गरेका छौ।कर्मचारीहरुलाई सोहि अनुसार परिचालन गरेका छौ।वर्षमा २ पटकको अधिवेशनको आयोजना गरेका छौ । यस बाट सम्पन्न हुन् नसकेका योजनाहरु र सबै कार्ययोजनाहरु जेष्ठ मसान्त सम्म सम्पन्न हुने योजना बनाएका छौ ।

जनप्रतिनिधिले विकास निर्माण र सुशासन स्थापित गराउन कतिको संबेदनशील भएर सहयोग गरेका छन्  त ?

विकास निर्माण, सेवा प्रवाह, सुशासन कायम गर्न कुनै एक व्यक्ति माथि भर परेर हुने कुरा पक्कै पनि होईन।जनप्रतिनिधि र कर्मचारीको एक रुपता भएर सेवा प्रवाह गर्न सकिने रहेछ।त्यसैले हामी सुरुवात चरण देखि नै जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध राम्रो छ।हामी माथि आएका कठिनाईहरु मिलेर सामना गरेका छौ।  कुनै कर्मचारीले आग्रह पुर्वाग्रह देखाएर कार्यालय प्रमुखलाई अप्ठ्यारोमा पारेका छैनन्।विकास निर्माण सेवा प्रवाह र सुशासनलाई प्रवाह गराउन हामी सबै लागेका छौं। 

तपाइ नौबहिनी गाउँपालिका नियुक्त भएर आइसकेपछी के कस्ता चुनौती र समस्याहरु देखिएका छन् ?

सबै भन्दा मलाई जनशक्तिको आभाव छ । पालिकामा नियुक्त भएर आएका कर्मचारी तथा समायोजन भएर आएका कर्मचारी कतिपय कर्मचारीहरु सरुवा भएर गएका छन् कतिपय कर्मचारीहरुलाई संघीय मन्त्रालयले कामकाजमा खटाएको  छ । जसको दरबन्दी पालिकामा छ लोकसेवा आयोगको माग मिलेको छैन।त्यसैले गर्दा प्रसाशन, शिक्षा, दरबन्दीहरु रित्त रहेका छन् । जसले गर्दा काम गर्न चुनौती रहेको छ।अर्को तर्फ हामीले राम्रो मनसायले काम गरेका छौ तर बाहिरि रुपमा राजनीति गर्ने राजनितिदलका प्रतिनिधिले राम्रोलाई नराम्रो भनि इस्यु बनाई ठुलो समस्या बनाएको महसुश गरेका छौ।बिकासका प्रथामिकताहरु छुट्याउन  नसकक्ने जनप्रतिनिधिहरुले आफ्नै वडामा मात्रै बजेट पार्न खोज्ने परिपाठी भएको हुँदा केही समस्या भने थपिएको महसुश गरेको छौ।अहिलेसम्म अन्यथा त्यति ठुलो समस्या र चुनौती खासै आएको छैन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्