समय : ०२:५० am | सोमबार , कार्तिक ११ गते २०८१

किसान सम्मानका लागि ‘किसान पेन्सन’ कार्यक्रम सुरु गर्दैछौ : मेयर योगी

राधिका भुषाल | असार १५ गते २०८१

झिमरुक नदीको वारिपारीका साविकका विजुवार, धर्मावती, विजयनगर, दाखाक्वाडी, खैरा, मरन्ठाना, जुम्रीकाँढा र माझकोट गाविसहरु मिलाएर हालको प्युठान नगरपालिका स्थापना भएको हो । हाल यस नगरपालिकामा १० वटा वडाहरु रहेका र यसको केन्द्र वडा नम्बर ४ को विजुवारमा रहेको छ । लामो सयय सामाजिक क्षेत्र तथा सहकारी संघ र संस्थाको नेतृत्व गर्दै शिक्षण पेशमा २३ वर्ष कुशल शिक्षक बनेको अनुभव संगाल्दै करिब ५९ वर्षको उमेरमा जनप्रतिनिधि बन्नु भएका प्यूठान नगरपालिका प्यूठानका नगरप्रमुख विष्णु बहादुर योगीसंग स्वर्गद्धारी अपडेटले समसामयीक विषयमा गरेको कुराकानीको सम्पादित अंश ।
प्यूठान नगरवासी जनताको अपेक्षा अनुसार काम भएको छ ?
हामी निर्वाचित भएर आएपछि जनतासंग हामीले राखेका कुराहरु र जनताले हामीबाट राखेका अपेक्षाहरु पुरा ग¥यो भन्ने पक्षमा हामी छैनौ । किन भने हामीले सिमित स्रोत साधनलाई प्रयोग गरेर धेरै कामहरु गर्नु पर्ने हुन्छ । हामीले सिमित स्रोत साधनबाट अधिकतम प्रतिफल प्राप्त गर्ने गरी भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी जस्ता जनताले दैनिक उपभोग गर्ने क्षेत्रलाई बढि केन्द्रित गरेका छौ । यद्यपी यी क्षेत्रहरुले जनताको इच्छाहरुलाई सम्बोधन गरेको छ भन्ने कुरामा हामी विस्वश्त भएका छौं । हामी संग भएको समिति स्रोतले एकै पटकमा नगरवासीको अपेक्षाहरु पुरा हुन सक्दैन । हामीले राम्रो काम गर्नु पर्छ विस्तारै सबै क्षेत्रको विकास हुंदै जान्छ ।
बजेट विनियोजन गर्दा कुन क्षेत्रलाई बढि प्राथमिकतामा राख्नु भएको छ ?
विशेष गरेर कृषि क्षेत्रमा लागनी गरी उत्पादनलाई बढाउनु पर्छ भनेका छौ । गत वर्ष देखि उत्पादनमा आधारित अनुदानको व्यवस्था पनि गरेका छौ । प्यूठान नगरपालिका भित्र दुग्ध व्यवसायमा लाग्नु भएका किसानहरुलाई सहकारी मार्फत प्रतिलिटर १० रुपैया अनुदान दिदै आएका छांै । चालु आर्थिक वर्षमा तरकारीमा पनि अनुदानका लागि बजेट विनियोजन गरी सहकारीसंग सम्झौता समेत गरेका थियो कारणवस कार्यान्वयन हुन सकेन । आगामी वर्षका लागि थप व्यवस्थापनका साथ काम गर्ने तयारीमा छौ । लामो समय कृषि क्षेत्रमा काम गर्ने किसानलाई आत्मसम्मानका लागि योगदानमा आधारित किसान पेन्सन कार्यक्रम सुरुवात गरेका छौं ।
त्यस्तै शिक्षा क्षेत्रलाई गुणस्तरता दिने कोशिस गरिरेका छौं । विद्यालय भौतिक पुर्वाधारको अवस्था, विद्यार्थी संख्या जस्ता विषयले अपेक्षा गरेअनुसार गुणस्तर दिन सकेका छैनौं । तरपनि निरन्तर रुपमा हामीले आगामी आर्थिक वर्ष देखि थोरै विद्यालय, धेरै विद्यार्थी कार्यक्रम राखेर जस अन्तरगत भुगोलको अवस्थालाई हेरेर आवसीय सेवा सहितको नमुना विद्यालयहरु सञ्चालन गर्ने छौं । विद्याथीसंगै शिक्षकलाई पनि एकै ठाउँमा व्यवस्थापन गर्ने छौं यसले गर्दा शिक्षामा गुणस्तरता बढ्नेछ । नगरक्षेत्र भित्रका अभिभावक विहिन बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउनका लागि प्यूठान नगरपालिका ३ मा रहेको मुक्ति माध्यमिक विद्यालयमा आवसीय सेवा सहित सम्पूर्ण खर्च व्यहोर्ने गरी पठनपाठन गर्ने व्यवस्था मिलाएका छौ हाल २७ जना बालबालिकाले उक्त सुविधा लिइरहनु भएको छ ।
स्वास्थ्यको क्षेत्रको कुरा गर्दा हाम्रा स्वास्थ्य चौकीहरुमा प्रयोगशालाको व्यवस्था पनि गरेका छौं । शिषेशज्ञ सेवा सहितको स्वास्थ्य शिविरहरु सञ्चालन गरेका छौं यसले गर्दा दुर्गम क्षेत्रका नगरवासीहरुलाई धेरै सहज भएको छ । प्यूठान अस्पतालसंग समन्वय गरेर निशुल्क ओपिडी सेवा, अति विपन्न परिवारको लागि निशुल्क स्वास्थ्य सेवा, ६८ वर्ष माथिका वृद्धवृद्धाहरुलाई निशुल्क आँखा उपचार कार्यक्रम निरन्तरता दिएका छौं । सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा, सुत्केरी स्यहार झोला प्रदान गर्दै आएका छौं । हाम्रा स्वास्थ्य सस्थाहरुबाट प्रदान गरिने सेवालाई पनि थप प्रभावकारी बनाउदै लगेका छौ ।
विकास पूर्वाधाार तर्फ सडक सञ्जाललाई स्तरउन्नती गर्नुपर्छ भनेर एक वडा एक कालोपत्रे नीति ल्याएका थियौ र, गत आर्थिक वर्ष देखि नै काम सुरु भएको थियो । कतिपय वडामा काम सम्पन्न भएको छ भने सबै वडाहरुमा निर्माण कार्य भइरहेको छ । प्यूठान नगरपालिका ९ र १० चक्रपथ बनिरहेको छ ।
संघीय र प्रदेश सरकारबाट कत्तिको बजेट आउनु गरेको छ ?
यो वर्ष संघीय सरकार र प्रदेशबाट आएका योजनाहरु सन्तोषजनक नै छन् । विशेषगरी पूर्वाधार क्षेत्रमा हाम्रो अपेक्षा अनुसार नै बजेट आएको छ । क्वाडीबेल्वा देखि बाग्दुलासम्म सडक विस्तारको लागि ठुलो योजना परेको छ । एक वडा एक कालेपत्रे हाम्रो अभियानलाई पुर्णता दिन संघ र प्रदेशबाट परेका योजनाले पनि थप सहयोग गर्नेछ । शिक्षा, स्वास्थ्य, पर्यटकीय क्षेत्रमा पनि योजनाहरु आएका छन् ।
तपाईको कार्यकालमा प्यूठान नगरपालिकालाई के के कुरामा सक्षम बनाउने योजना छ ?
हाम्रो गौरवको योजना एक वडा एक कालोपत्रे अभियानलाई पूर्णता दिने छौं । त्यस्तै किसानलाई सम्मान गर्नकालाई आगामी आर्थिक वर्ष २०८१÷०८२ वटा किसान पेन्सन कार्यक्रम सुरु गर्दैछौ । कृषकले गरेका उत्पादनलाई बजारीकरण गर्ने, अन्य कुराहरुमा सहजीकरण गर्ने, उत्पादनमा आधारित अनुदानको दायरा अझै फराकीलो बनाएर लैजाने छौं । विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई बढि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरु बनाएका छौं । पहिलेका कामहरुलाई निरन्तरता दिदै थप योजनाहरु बनाएर समृद्ध नगरपालिका बनाउने लक्ष्यछ सोही अनुसार हामीले काम गरिरहेका छौं ।
कतिपय समयमा जनप्रतिनिधि र कर्मचारी बीच खासै राम्रो सम्बन्ध नभएको जस्तो देखिन्छ नि ?
जनप्रतिनिधिहरु र कर्मचारी बीच सम्बन्ध अत्यन्तै सुमधुर हुनुपर्छ । उहाँहरु जनताको सेवागर्ने भनेरै लोकसेवा पास गरेर आउनु भएकोछ भने हामी जनताबाट चुनिएर आएका छौं हामी दुवैको लक्ष्य एउटै छ ‘जनताको सेवा गर्ने’ । कर्मचारीले ऐन, नीति, नियमहरु हेरेर अघि बढ्नु हुन्छ भने अलि छिटो हुनुपर्छ भन्ने हाम्रो स्वभाव छ । यसले कहिलेकाँही दुविधा उत्पन्न हुनसक्छ तर, जनताको कामलाई कसरी सहज रुपमा सम्पादन गर्न सकिन्छ भन्ने कुरामा हामी एकमत नै हुन्छौं । विभिन्न शाखाका कर्मचारीहरुसंग बसेर हामी छलफल गरेरै अघि बढेका छौं । हामीले नीति नियम तथा कार्यक्रमहरु बनाउने र त्यसलाई कर्मचारीहरुले कार्यान्वयन गर्ने हो । हामी सबैले आफ्नो कर्तव्य र जिम्मेवारी पुरा गर्नु पर्छ र, गर्दै पनि आएका छौं यसले गर्दा अहिले प्यूठान नगरपालिकामा कुनै समस्या छैन ।
केही भन्न छुट्यो कि ?
हाम्रो नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनमा सम्पुर्ण नगरवासीहरुको महत्वपुर्ण भुमिका रहने गर्दछ । यहाँका नागरिकहरु धेरै कुरामा सचेत पनि हुनुहुन्छ । हामीले आगामी आर्थिक वर्ष २०८१÷०८२ मा प्यूठान नगरपालिका १ तल्लोक्वाडी अर्थात बेल्वा देखि प्यूठान नगरपािलका ८ बाग्दुलासम्मको मुख्य सडकलाई विस्तार गर्दैछौं । यसमा सम्पूर्ण नगरवासीहरुको साझा सहयोगको अपेक्षा गरेका छौ र, सहयोगका लागि हार्दिकताका साथ अपिल गर्न चाहान्छु ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्